FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

रोयल इन्फिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले नेपाली बजारमा नयाँ मोटरसाइकल ‘गुरिल्ला ४५०’ सार्वजनिक गरेको छ । कम्पनीले रोयल इन्फिल्डको नयाँ मोडल ‘गुरिल्ला ४५०’ तीन वटा भेरियन्टमा नेपाली बजारमा ल्याएको हो ।

एपेक्स, ड्यास र फ्ल्यास भेरियन्टमा गुरिल्ला ४५० उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार दैनिक सहर यात्रा, घुमाउरा सडक तथा लामो दूरीका राइडलाई लक्षित गर्दै तयार गरिएको यो मोटरसाइकलले रोडस्टर सेग्मेन्टमा नयाँ अनुभव दिने छ ।

 

रोयल इन्फिल्डका सार्क बिजनेस हेड दिपक काकरले नेपालमा गुरिल्ला ४५० सार्वजनिक हुनु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनले भने, ‘ नेपालमा गुरिल्ला ४५० सार्वजनिक गर्नु हाम्रो लागि उत्साह जनक कदम हो, यो मोटरसाइकल विशेषगरी नेपालको सडकका लागि बनाइएको हो, चुस्त, सहज र दमदार पर्फमेन्स भएको यो मोटरसाइकल स्पोर्टी राइडिङ मन पराउने ग्राहकका लागि यो उत्कृष्ट विकल्प बन्नेमा हामी विश्वस्त छौं ।’

गुरिल्ला ४५० मा ४५२ सीसीको सिंगल सिलिन्डर लिक्विड–कुल्ड इन्जिन प्रयोग गरिएको छ । यसले ८,००० आरपीएममा ४० पीएस पावर र ५,५०० आरपीएममा ४० एनएम टर्क उत्पादन गर्छ । कम्पनीका अनुसार ८५ प्रतिशत भन्दा बढी टर्क ३,००० आरपीएमबाटै उपलब्ध हुने भएकाले शहरदेखि हाईवे सबै प्रकारका सडकमा सहज परफर्मेन्स दिनेछ ।

यो मोटरसाइकलमा ६–स्पिड गियरबक्स रहेको छ । स्लिप क्लच, राइड–बाइ–वायर प्रविधि तथा ‘स्पोर्ट’ र ‘स्ट्रिट’ गरी दोरी राइडिंग मोड यो मोटरसाइकल उपलब्ध रहेको कम्पनीले बताएको छ । मोटरसाइकलका सबै भेरियन्टमा रोयल इन्फिल्डको ४ इन्च टीएफटी ‘ट्रिपर ड्यास’ उपलब्ध हुनेछ, जसमा गुगल नक्सा–सञ्चालित नेभिगेसन र सिमलेस स्मार्टफोन जडान सुविधा समावेश छ ।

कम्पनीले तीन वटै भेरियन्टको मूल्य ८ लाख ९९ हजार रुपियाँ तोकेको छ । साथै, कम्पनीले गुरिल्ला ४५० को बुकिङ खुला भइसकेको र नेपालभर रोयल इनफिल्डका शोरुम उपलब्ध रहेको कम्पनीले जनाकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय