सामसङ नेपालले आफ्नो प्रिमियम स्मार्टफोन ग्यालेक्सी S26+ (Galaxy S26 Plus) मा सीमित अवधिका लागि आकर्षक क्यासब्याक र किस्ताबन्दी अफर सार्वजनिक गरेको छ ।
प्रिमियम र उत्कृष्ट स्मार्टफोन अनुभव खोजिरहेका ग्राहकलाई लक्षित गर्दै कम्पनीले अझ बढी बचत र सहज खरिदको विकल्प उपलब्ध गराएको हो । ग्यालेक्सी S26 सिरिजकै प्रमुख मोडेलमध्ये पर्ने यस फोनले प्रदर्शन, आराम र नवीनताको उत्कृष्ट सन्तुलन प्रदान गर्दछ ।
यो सीमित अवधिको योजनाअन्तर्गत ग्यालेक्सी S26+ खरिद गर्दा ग्राहकहरूले तत्कालै २३ हजार रुपैयाँ ‘इन्स्ट्यान्ट क्यासब्याक’ प्राप्त गर्नेछन् । यो ठुलो छुटसँगै स्मार्टफोनको विशेष अफर मूल्य १ लाख ८२ हजार ९९९ रुपैयाँबाट घटेर अब मात्र १ लाख ५९ हजार ९९९ रुपैयाँ कायम भएको छ । कम्पनीका अनुसार यो आकर्षक अफर १९ मे देखि सुरु भई आगामी ३० जुनसम्म मात्र मान्य हुनेछ ।
यस प्रिमियम फोनको खरिदलाई अझै उपभोक्तामैत्री र पहुँचयोग्य बनाउन सामसङ नेपालले इन्स्टा फाइनान्स (Insta Finance) मार्फत २४ महिनासम्मको सरल ईएमआई (EMI) सुविधा समेत ल्याएको छ । यसअन्तर्गत ग्राहकले मात्र ४ हजार ३४१ रुपैयाँको सुरुवाती मासिक किस्तामा फोन खरिद गर्न सक्नेछन् । यो वित्तीय सुविधा लिनका लागि ग्राहकले भेरिफिकेसनका लागि आफ्नो नागरिकता मात्र पेस गरे पुग्ने कम्पनीले जनाएको छ ।
बदलिँदो आवश्यकता अनुसार ग्राहकलाई उत्कृष्ट प्रविधि र अनुभव प्रदान गर्न यो अफर कोसेढुङ्गा सावित हुने विश्वास सामसङले लिएको छ ।






