जगदम्बा मोटर्सले नेपालमा TVS Ronin मोटरसाइकलका दुई नयाँ भेरियन्ट ‘Monotone’ र ‘Agonda’ सार्वजनिक गरेको छ। कम्पनीले काठमाडौंको ठमेलस्थित क्लब नोभामा आयोजित कार्यक्रममार्फत नयाँ भेरियन्ट सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार Monotone भेरियन्टको मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ र Agonda भेरियन्टको मूल्य ४ लाख ३९ हजार ९०० रुपैयाँ (एक्स–शोरूम) तोकिएको छ।
नयाँ भेरियन्टले आधुनिक–रेट्रो डिजाइन, आकर्षक स्टाइलिङ र प्रिमियम मोटरसाइकल सेग्मेन्टमा नयाँ विकल्प प्रस्तुत गर्ने कम्पनीको दाबी छ।
Agonda भेरियन्ट भारतको गोवास्थित प्रसिद्ध समुद्री किनार ‘Agonda Beach’ बाट प्रेरित रहेको बताइएको छ। यसको डिजाइनमा सेतो, निलो र रातो रङको संयोजन प्रयोग गरिएको छ, जसले मोटरसाइकललाई फरक र आकर्षक बनाएको छ।
TVS Ronin मा २२५.९ सीसी इन्जिन प्रयोग गरिएको छ, जसले २०.४ पीएस पावर र १९.९३ एनएम टर्क उत्पादन गर्छ। साथै, यसमा Glide Through Technology (GTT), Assist & Slipper Clutch र USD फ्रन्ट फोर्क जस्ता आधुनिक फिचरहरू समावेश छन्।
कम्पनीका अनुसार यी नयाँ भेरियन्टले नेपालका युवा राइडरलाई लक्षित गर्दै प्रिमियम मोटरसाइकल बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउने अपेक्षा गरिएको छ।






