FLASH NEWS
२४ घण्टामा ट्राफिकले गर्यो ८७५ जनालाई कारबाही । नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने । आजको मौसम : तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने । सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत । नेप्सेमा साढे ८ अंकको गिरावट, ४ अर्ब ८२ करोड बराबरको शेयर कारोबार । भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई जानकारी । कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो । राष्ट्रपति र रवि लामिछानेबिच भेट, समसामयिक विषयमा छलफल । सुनचाँदी मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ? । वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ । गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु” । अर्जुनचौपारीमा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा, भक्तजनहरुलाई सहज हुने ।

१८ असोज, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नेपाली कांग्रेस विभाजन नहुने बताएका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन आएका महर्जनले परिवर्तित राजनीतिक सन्दर्भमा महाधिवेशनलाई आफूले ऊर्जाका रूपमा हेरेको बताए । उनले कांग्रेसभित्र देखिएको असन्तुष्टि र विवादलाई क्षणिक भएको दाबी गरे ।

उनले भने, ‘यो १५औँ महाधिवेशन वास्तवमै भन्ने हो भनेदेखि अहिले परिवर्धित सन्दर्भमा ऊर्जाको रूपमा मैले हेरिरहेको छु । कांग्रेस विभान हुने यो हल्ला मात्र हो, कांग्रेस विभाजन हुँदैन । विभाजन नै भए पनि एक क्षणिक मात्रै हुन्छ ।’

उनले कांग्रेस विभाजन हुने चर्चा केवल हल्ला भएको दाबी गरे । उनले विभाजन भइहाले पनि त्यो क्षणिक मात्रै हुने बताए ।

महर्जनले नेताहरूबीचको असन्तुष्टि केही समयपछि अन्त्य भएर पुनः एकता हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय