FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१९ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन् ।

सोमबार भएको भेटवार्तामा रसुवाका बाढी तथा विपद् प्रभावित क्षेत्रको पुनःस्थापना, राहत, कानुनी जटिलता, विकास निर्माण तथा संसद्मा प्रधानमन्त्रीको उपस्थितिलगायतका विषयमा छलफल भएको आङदेम्बेले जानकारी दिए ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूसँगको भेटमा मुख्यगरी रसुवामा बाढी र विपद्का कारण प्रभावित भएका क्षेत्रको पुनःस्थापना, राहत तथा उद्धारका विषयमा छलफल भयो ।

राजमार्गसँग सम्पर्कविच्छेद भएका विभिन्न वडामा बेलीब्रिजलगायतका पूर्वाधार निर्माण गर्नुपर्ने, त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने तथा कानुनी जटिलता भए त्यसलाई समाधान गरेर काम अघि बढाउने विषयमा पनि हामीले ध्यानाकर्षण गरायौँ ।

साथै, संसद्मा उठेका विषयको गम्भीरतालाई बुझेर प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने विषयमा पनि मैले आग्रह गरेको छु ।’

रसुवाको गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाका विभिन्न वडाहरू राजमार्गसँगको सम्पर्कबाट विच्छेद भएको उनले जानकारी दिए । ती क्षेत्रमा बेलीब्रिज निर्माण तथा अन्य आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने विषयमा प्रधानमन्त्रीलाई जानकारी गराइएको उनले बताए ।

विभिन्न मन्त्रालयसँग सम्बन्धित कानुनी तथा प्रक्रियागत अवरोध भए त्यसलाई हटाएर आवश्यक योजना प्रस्तुत गरी बजेटको व्यवस्था गर्दै काम अघि बढाउनुपर्ने विषयमा पनि छलफल भएको आङदेम्बेले बताए ।

भेटमा प्रधानमन्त्री शाहको संसद् उपस्थितिको विषय पनि आफूले उठाएको उनले बताए । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि संसद्मा उठेका विषयबारे जानकारी गराउन आग्रह गरे पनि समय अभावका कारण त्यसबेला भेट हुन नसकेको उनले बताए ।

महासभाबाट फर्किएपछि प्रधानमन्त्री संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका विषयको गम्भीरताबारे जानकारी लिनुपर्ने र सरकारको धारणा संसद्मै राख्नुपर्नेमा आफूले जोड दिएको आङदेम्बेले बताए ।

संसद्मा प्रधानमन्त्रीको उपस्थितिले उठाइएका विषयलाई अन्तर्राष्ट्रियकरण गर्न तथा कूटनीतिक रूपमा थप बलियो बनाउनसमेत सहयोग पुग्ने उनको भनाइ थियो ।

त्यस्तै, सञ्चार तथा क्षेत्रीय सहकार्यसँग सम्बन्धित विषयमा पनि छलफल भएको उनले बताए । प्रधानमन्त्रीले उठाउँदै आएको त्रिदेशीय सहकार्यलाई सीमित नराखी हिन्दुकुश हिमालय क्षेत्रसँग सम्बन्धित सबै मुलुकसँग पहुँच विस्तार गर्दै अघि बढ्नुपर्ने सुझाव आफूले दिएको आङदेम्बेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय