FLASH NEWS
नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने । आजको मौसम : तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने । सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत । नेप्सेमा साढे ८ अंकको गिरावट, ४ अर्ब ८२ करोड बराबरको शेयर कारोबार । भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई जानकारी । कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो । राष्ट्रपति र रवि लामिछानेबिच भेट, समसामयिक विषयमा छलफल । सुनचाँदी मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ? । वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ । गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु” । अर्जुनचौपारीमा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा, भक्तजनहरुलाई सहज हुने । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८८४ जनालाई कारबाही ।

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका संयोजक शशांक कोइरालाले राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्ने बताएका छन् ।

कांग्रेस काठमाडौं जिल्ला प्रदेश तथा क्षेत्रीय अधिवेशनमा बोल्दै उनले राजनीतिमा सबैलाई मिलाएर अघि बढ्ने क्रममा आफ्नो विचार नै धमिलिन सक्ने भन्दै आफ्नो स्पष्ट नीति र दृष्टिकोण आवश्यक रहेको बताएका हुन् ।

उनले राजनीतिमा सन्तुष्टिको अवस्था नरहने उल्लेख गर्दै आफूले लिएको बाटोप्रति विश्वास गर्न सक्ने व्यक्तिले मात्रै राजनीति गर्न सक्ने उनले बताए ।

उनले भने, ‘आफूलाई लागेको विश्वासमा अटल र आफ्नो स्पष्ट नीति हुनुपर्छ । राजनीति भनेको यस्तो नीति हो, जसमा आफ्नो मस्तिष्कमा क्लियर हुनुपर्छ कि म यो गर्छु ।’

उनले सत्यको पक्षमा उभिँदा त्यसको परिणामसमेत बेहोर्न तयार हुनुपर्ने बताए । उनले आफ्ना पिता बीपी कोइराला र मातृका प्रसाद कोइरालासँग जोडिएको भारतको ‘क्विट इन्डिया मुभमेन्ट’को प्रसंग सुनाउँदै सत्य बोलेपछि त्यसको मूल्य चुकाउन सक्ने साहस पनि आवश्यक हुने बताए ।

बीपी कोइरालाले महात्मा गान्धीको आह्वानअनुसार विद्यालय बहिष्कार गर्दा सजाय भोग्नुपरेको बताउदै उनले सत्य बोल्नु मात्रै पर्याप्त नभई त्यसका परिणाम सामना गर्न सक्नुपर्ने बताए ।

कोइरालाले नेपाली कांग्रेसको १५औँ महाधिवेशन पार्टीलाई एकताबद्ध बनाउन महत्वपूर्ण अवसर भएको पनि बताए । आगामी निर्वाचनमा कांग्रेस एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले कांग्रेसलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने दाबी गरे ।

कांग्रेसको लामो इतिहास, विचार र स्पष्ट नीतिका कारण पार्टी बलियो रहेको उनले बताए । कांग्रेसको नेतृत्वमा मुलुकमा सडक, शिक्षा, स्वास्थ्य, बैंकिङ तथा निजी क्षेत्रलगायत विभिन्न क्षेत्रमा महत्वपूर्ण परिवर्तन भएको उनले बताए ।

उनले कांग्रेसले सत्ताको दुरुपयोग गर्न नहुने स्पष्ट पार्दै राजनीतिमा आउने व्यक्तिले जनताको हितलाई केन्द्रमा राख्नुपर्ने बताए ।

“कांग्रेसले सत्ताको दुरुपयोग गर्दैन, गर्नु हुँदैन र गर्दा पनि गर्दैन,‘ उनले भने ।

राजनीति व्यक्तिगत स्वार्थका लागि नभई सत्य, नीति र जनताको हितका लागि हुनुपर्नेमा जोड दिँदै कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्तालाई पार्टीको विचार र सिद्धान्तप्रति प्रतिबद्ध भएर अघि बढ्न आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय