FLASH NEWS
आज विजयादशमी : टीकाको उत्तम साइत १०ः२६ बजे । हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना । नवरात्रको अन्तिम दिन आज महानवमी पर्व मनाइँदै । कोलकातामा दुर्गा पूजा पण्डालमा भागदौड, १९ जनाको मृत्यु । आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाको अन्तिम खेलमा नेपाल विजयी । सशस्त्र प्रहरीको तीन दिनसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने । आनी छोइङ डोल्माको नियुक्ति बदर नगरे कार्तिक ९ गतेदेखि आन्दोलन । जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान । पहिरो र बाढीले तीन सडकखण्ड प्रभावित, गोरखामा आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध । आईसीसी क्रिकेट विश्वकप लिग २: अन्तिम खेलमा ओमानसँग भिड्दै नेपाल, जित्नैपर्ने दबाब । नवरात्रको नवौँ दिनः आज पनि महाअष्टमी मनाइँदै । अभिनेता टाइगर श्राफको गाडीमाथि गोली प्रहार, दुई जना घाइते ।
४ कात्तिक, काठमाडौँ । नेपालीहरुको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमी मनाइँदैछ । आजको दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी दशैं मनाइँदैछ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेट निर्धारण गरेको छ। समितिका अनुसार देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा रहेको छ ।
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय