FLASH NEWS
आज विजयादशमी : टीकाको उत्तम साइत १०ः२६ बजे । हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना । नवरात्रको अन्तिम दिन आज महानवमी पर्व मनाइँदै । कोलकातामा दुर्गा पूजा पण्डालमा भागदौड, १९ जनाको मृत्यु । आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाको अन्तिम खेलमा नेपाल विजयी । सशस्त्र प्रहरीको तीन दिनसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने । आनी छोइङ डोल्माको नियुक्ति बदर नगरे कार्तिक ९ गतेदेखि आन्दोलन । जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान । पहिरो र बाढीले तीन सडकखण्ड प्रभावित, गोरखामा आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध । आईसीसी क्रिकेट विश्वकप लिग २: अन्तिम खेलमा ओमानसँग भिड्दै नेपाल, जित्नैपर्ने दबाब । नवरात्रको नवौँ दिनः आज पनि महाअष्टमी मनाइँदै । अभिनेता टाइगर श्राफको गाडीमाथि गोली प्रहार, दुई जना घाइते ।

३ कात्तिक, काठमाडौं । नवरात्रको अन्तिम दिन आज देशभर नवदुर्गा भगवतीको पूजाआराधना गरी महानवमी पर्व मनाइँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमीमा दशैंघर, कोत तथा विभिन्न देवी मन्दिर र शक्तिपीठमा विशेष पूजाआराधना गरिन्छ । घटस्थापनाका दिन राखिएको जमरा देवी मन्दिर तथा शक्तिपीठमा चढाउने परम्परा छ ।

यस दिन दुर्गा सप्तशती ‘चण्डी’, श्रीमद्देवीभागवत तथा देवी स्तोत्र पाठ गरिन्छ । कतिपय स्थानमा बोका, हाँस, कुखुरा, भेडा र राँगाको बलि दिने चलन छ । पशुबलि नदिने तथा शाकाहारीले कुभिण्डो, घिरौँला, मूला, काँक्रो र नरिवल बलि दिएर पूजा गर्ने गर्छन् ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमीकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकाले यस पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ ।

महानवमीका अवसरमा आज नवदुर्गामध्ये नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजाआराधना गरिन्छ । यस अवसरमा देशभरका शक्तिपीठमा दर्शन तथा पूजाआराधना गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय