FLASH NEWS
आज विजयादशमी : टीकाको उत्तम साइत १०ः२६ बजे । हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना । नवरात्रको अन्तिम दिन आज महानवमी पर्व मनाइँदै । कोलकातामा दुर्गा पूजा पण्डालमा भागदौड, १९ जनाको मृत्यु । आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाको अन्तिम खेलमा नेपाल विजयी । सशस्त्र प्रहरीको तीन दिनसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने । आनी छोइङ डोल्माको नियुक्ति बदर नगरे कार्तिक ९ गतेदेखि आन्दोलन । जनकपुरधामको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान । पहिरो र बाढीले तीन सडकखण्ड प्रभावित, गोरखामा आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध । आईसीसी क्रिकेट विश्वकप लिग २: अन्तिम खेलमा ओमानसँग भिड्दै नेपाल, जित्नैपर्ने दबाब । नवरात्रको नवौँ दिनः आज पनि महाअष्टमी मनाइँदै । अभिनेता टाइगर श्राफको गाडीमाथि गोली प्रहार, दुई जना घाइते ।

३ कात्तिक, काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

मङ्गलबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भाग साथै देशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना छ ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । देशका बाँकी हिमाली र पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भू-भागमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय