FLASH NEWS
संवाद, वार्ता र सहमतिका माध्यमबाट समस्या समाधान गर्न पत्रकार महासंघको प्रधानमन्त्रीलाई ध्यानाकर्षण । नेपाली काङग्रेस सुनसरीको सभापतिमा सन्दीप श्रेष्ठ सर्वसम्मत निर्वाचित । बराह सहकारी ठगी प्रकरणमा दुई जना पक्राउ । १२औँ नेपाल भौगर्भिक सम्मेलन आजदेखि । एपिएफ महिला गोल्डकपको फाइनलमा । लुम्बिनी विकास कोषका पदाधिकारीद्वारा पदभार ग्रहण । नेपाल प्रिमियर लिग : दोस्रो क्वालिफायरमा सुदूरपश्चिम र चितवन भिड्दै । यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर । आजको मौसम: तराईमा हुस्सु–कुहिरो, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने । पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ । सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर, स्वामित्व कोषकै मातहत । चितवन राइनोजद्वारा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित, भाेलि सुदूरपश्चिम राेयल्ससँग भिड्ने ।

३ मङ्सिर, इनरुवा । सुनसरी धरान उपमहानगरपालिकामा रहेको बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन तथा ठगी गरेको आरोपमा दुई जना बुधबार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा संस्थाका संस्थापक धरान उपमहानगरपालिका–१२ घर भइ काठमाडौं महानगरपालिका–२२ बस्दै आएका ४५ वर्षीय शिवकुमार विश्वकर्मा (लामिछाने) र धरान उपमहानगरपालिका–१५ निवासी ३३ वर्षीया अस्मिता भण्डारी रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

दुवै जनालाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरीको टोलीले नेपाल–भारत सीमावर्ती क्षेत्रबाट दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

पक्राउ परेका भण्डारी बचत तथा ऋण सहकारी संस्थाको ऋण उपसमिति सदस्य, ग्राहक सेवा (कस्टमर केयर) कर्मचारी तथा बराह ग्रुपको कोशी प्रदेश सचिवालयकी सदस्य हुन् ।

सहकारीसँग सम्बन्धित सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा नेपाल सरकार वादी रहेको मुद्दामा १७ हजार १० जना बचतकर्ता पीडित रहेको छ । शङ्कर थापा सहित चार हजार २४३ जनाको जाहेरीका आधारमा दुवै जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यस मुद्धामा १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैया बिगो दाबी रहेको छ ।

बराह सहकारीको मुख्य कार्यालय धरानमा रहेको र सहकारीसँग आबद्ध नेपालभर ३० वटा तथा विदेशमा चारवटा कम्पनी स्थापना गरी विभिन्न मितिमा बचतकर्ताले जम्मा गरेको रकम अपचलन तथा ठगी गरेको आरोप छ ।

पक्राउ परेका दुवै जना माथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय