FLASH NEWS
संवाद, वार्ता र सहमतिका माध्यमबाट समस्या समाधान गर्न पत्रकार महासंघको प्रधानमन्त्रीलाई ध्यानाकर्षण । नेपाली काङग्रेस सुनसरीको सभापतिमा सन्दीप श्रेष्ठ सर्वसम्मत निर्वाचित । बराह सहकारी ठगी प्रकरणमा दुई जना पक्राउ । १२औँ नेपाल भौगर्भिक सम्मेलन आजदेखि । एपिएफ महिला गोल्डकपको फाइनलमा । लुम्बिनी विकास कोषका पदाधिकारीद्वारा पदभार ग्रहण । नेपाल प्रिमियर लिग : दोस्रो क्वालिफायरमा सुदूरपश्चिम र चितवन भिड्दै । यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर । आजको मौसम: तराईमा हुस्सु–कुहिरो, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने । पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ । सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर, स्वामित्व कोषकै मातहत । चितवन राइनोजद्वारा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित, भाेलि सुदूरपश्चिम राेयल्ससँग भिड्ने ।

३ मङ्सिर, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका अधिकांश स्थान, उपत्यका तथा खोँचहरूमा हुस्सु–कुहिरो लागेको छ।

आज दिउँसो कोशी र मधेश प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।

त्यस्तै, आज राति कोशी र मधेश प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। रातिको समयमा तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु–कुहिरो लाग्ने सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय