FLASH NEWS
संवाद, वार्ता र सहमतिका माध्यमबाट समस्या समाधान गर्न पत्रकार महासंघको प्रधानमन्त्रीलाई ध्यानाकर्षण । नेपाली काङग्रेस सुनसरीको सभापतिमा सन्दीप श्रेष्ठ सर्वसम्मत निर्वाचित । बराह सहकारी ठगी प्रकरणमा दुई जना पक्राउ । १२औँ नेपाल भौगर्भिक सम्मेलन आजदेखि । एपिएफ महिला गोल्डकपको फाइनलमा । लुम्बिनी विकास कोषका पदाधिकारीद्वारा पदभार ग्रहण । नेपाल प्रिमियर लिग : दोस्रो क्वालिफायरमा सुदूरपश्चिम र चितवन भिड्दै । यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर । आजको मौसम: तराईमा हुस्सु–कुहिरो, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने । पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ । सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर, स्वामित्व कोषकै मातहत । चितवन राइनोजद्वारा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित, भाेलि सुदूरपश्चिम राेयल्ससँग भिड्ने ।

३ मङ्सिर, इनरुवा । नेपाली काङग्रेसको सुनसरी सभापतिमा सन्दीप श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । सुनसरीको धरान उपमहानगरपालिकामा बुधबार सम्पन्न भएको पार्टीको नियमित १५ औँ महाधिवेशनबाट सुनसरी सभापतिमा श्रेष्ठ चयन भएका हुन् । त्यसै गरी जिल्ला सचिवमा मनिष राई र सह–सचिवमा रोशनकुमार खड्का चयन भएको पार्टीले जनाएको छ ।

युवा परिचालन, विद्यार्थी राजनीति, पार्टी सङ्गठन, विदेशमा जनसम्पर्क विस्तार र सामाजिक अभियान हुँदै जिल्ला नेतृत्वसम्म आइपुगेका श्रेष्ठको राजनीतिक यात्रा लामो र विविध जिम्मेवारीले भरिएको छ ।

यस अघि श्रेष्ठलाई सुनसरी जिल्ला संयोजकको जिम्मेवारी दिएको थियो । संयोजकका रूपमा जिल्लाभर सङ्गठन विस्तार, अधिवेशनको तयारी तथा विभिन्न तहमा नेतृत्व चयन प्रक्रियामा समन्वय गर्दै आएका श्रेष्ठ अधिवेशनबाट सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

लामो समयदेखि नेपाली काङग्रेसको सङ्गठन निर्माण र राजनीतिक गतिविधिमा सक्रिय श्रेष्ठको राजनीतिक यात्रा युवा परिचालनबाट सुरु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय