FLASH NEWS
संवाद, वार्ता र सहमतिका माध्यमबाट समस्या समाधान गर्न पत्रकार महासंघको प्रधानमन्त्रीलाई ध्यानाकर्षण । नेपाली काङग्रेस सुनसरीको सभापतिमा सन्दीप श्रेष्ठ सर्वसम्मत निर्वाचित । बराह सहकारी ठगी प्रकरणमा दुई जना पक्राउ । १२औँ नेपाल भौगर्भिक सम्मेलन आजदेखि । एपिएफ महिला गोल्डकपको फाइनलमा । लुम्बिनी विकास कोषका पदाधिकारीद्वारा पदभार ग्रहण । नेपाल प्रिमियर लिग : दोस्रो क्वालिफायरमा सुदूरपश्चिम र चितवन भिड्दै । यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर । आजको मौसम: तराईमा हुस्सु–कुहिरो, पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने । पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ । सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर, स्वामित्व कोषकै मातहत । चितवन राइनोजद्वारा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित, भाेलि सुदूरपश्चिम राेयल्ससँग भिड्ने ।

३ मङ्सिर, रुपन्देही । लुम्बिनीको विकास, व्यवस्थापन र संरक्षणलाई प्रभावकारी बनाउने प्रतिबद्धतासहित लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्मा, सदस्य सचिव सन्तोष पाण्डे कोषाध्यक्ष रमेश शेखर बज्राचार्यले पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै उपाध्यक्ष आनी छोइङ डोल्मा, सदस्य सचिव सन्तोष पाण्डेले लुम्बिनीको समग्र विकाससँगै सुशासन, पारदर्शिता र पर्यटकमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पदभार ग्रहणपछि उपाध्यक्ष आनी छोइङ डोल्माले आफू पद र प्रतिष्ठाभन्दा पनि सेवा गर्ने उद्देश्यले लुम्बिनी विकास कोषमा आएको बताईन । लुम्बिनीको विकास, यहाँका बासिन्दा तथा सबै प्राणीको सेवामा आफू समर्पित रहने उनको भनाइ थियो ।

आफ्नो क्षमता र बुद्धिले भ्याएसम्म सहकर्मीहरुसँग मिलेर लुम्बिनीको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सबैको सहयोग र सहकार्यबाट मात्रै अपेक्षित उपलब्धि हासिल गर्न सकिने बताईन । विकास कोषमा पहिलोपटक चार जना भिक्षु सदस्यका रुपमा रहनु सकारात्मक पक्ष भएको उल्लेख गर्दै उनले सामूहिक सहकार्यबाट अघि बढ्ने धारणा राखिन ।

त्यस्तै, नवनियुक्त सदस्य सचिव सन्तोष पाण्डेले कोषको पहिलो प्राथमिकता सुशासन, भ्रष्टाचाररहित प्रशासन र सबै काममा पारदर्शिता कायम गर्नु रहेको बताए । दान, भेटी तथा सहयोगस्वरुप प्राप्त हुने रकमको पारदर्शी व्यवस्थापन गरिने उनले स्पष्ट पारे ।

लुम्बिनीमा ठोस फोहोरमैला व्यवस्थापनको समस्या समाधान गर्दै पर्यटकले शान्ति र आध्यात्मिकताको अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्ने आफ्नो लक्ष्य रहेको पाण्डेले बताए । लुम्बिनीको पुरानो गुरुयोजना (मास्टर प्लान) लाई सम्पदा क्षेत्रको आवश्यकताअनुसार स्तरोन्नति गर्ने तथा अधुरा र बाँकी रहेका कामलाई तीव्रता दिएर सम्पन्न गर्ने उनको प्रतिबद्धता थियो ।

यसैबीच, नवनियुक्त पदाधिकारीहरुको पदबहालीका क्रममा लुम्बिनी विकास कोष परिसरबाहिर कडा सुरक्षा व्यवस्था मिलाइएको थियो । पदबहाली कार्यक्रम भइरहँदा परिसरको बाहिरी क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय