FLASH NEWS
नेपाल प्रिमियर लिग: पाेखराले काठमाडौंलाई हरायाे । सिड्नीमा छठ पर्वको उत्सव, क्यानबेरामा पूजा स्थल नपाउँदा घरबाटै आराधना । मुगु दुर्घटनाका मृतक र घाइते पहिचान खुल्यो । लेखक तथा पत्रकार कृष्ण अधिकारीको ‘कर्मवाद : चिन्तन र अभ्यास’ विमोचन । अन्तरिक्षमा परमाणु चिस्याउने प्रविधिमा चीनको विश्व कीर्तिमान । छठ पर्वले हिमाल, पहाड र तराईलाई भावनात्मक रूपमा जोडेको छ : सभामुख अर्याल । काठमाडौंबाट रारा जादै गरेको गाडी मुगुमा दुर्घटना, तीन जनाको मृत्यु, दुई गम्भीर घाइते । कांग्रेस सभापति थापाद्वारा दुर्घटनापीडित परिवारसँग भेटघाट, छोराको पढाइको जिम्मेवारी लिने आश्वासन । मुक्तिनाथधामको रथयात्रा दाङ आइपुग्यो, विभिन्न धार्मिक स्थलमा दर्शन । छठघाटमा महँगा सुनका गहना लगाएर नआउन पर्सा प्रहरीको आग्रह । छठपर्वको अवसरमा नेपाली सेनाद्धारा सलामी अपर्ण । अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै रवि लामिछाने दम्पती ।

२९ कातिक, वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्ज लगायत जिल्लाका सम्पूर्ण छटघाटहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ । बर्दीधारी पुलिससँगै सादा पोशाकमा पनि प्रहरीले प्रहरी परिचालन गरिएको जनाइएको छ । छठ पर्वका अवसरमा घाटमा हुने सम्भावित चोरी तथा लुटपाटका घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले श्रद्धालु भक्तजनलाई महँगा सुनका गहना लगाएर छठघाटमा नआउन आग्रह गरेको छ ।

पर्साका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले छठ पर्वलाई सुरक्षित, व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन श्रद्धालुहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरेका छन् ।

छठ पर्वमा नदी, पोखरी तथा जलाशय किनारका घाटहरूमा ठूलो संख्यामा भक्तजनको भीड हुने भएकाले चोरी, पाकेटमारी तथा गहना लुटपाटजस्ता अप्रिय घटना हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीले यस्तो आग्रह गरेको हो ।

प्रहरी उपरीक्षक भट्टराईले छठ पूजा गर्न घाटमा जाँदा अनावश्यक रूपमा महँगा सुनका गरगहना, नगद तथा बहुमूल्य सामान नलैजान आग्रह गरेका छन् । साथै आफ्ना बालबालिका तथा सामानको विशेष ख्याल राख्न र कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्न पनि अनुरोध गरेका छन् ।

प्रहरीले छठ पर्वको अवसरमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रहरी परिचालन गर्ने जनाएको छ । श्रद्धालु भक्तजनको सहयोग र सतर्कताले पर्वलाई सुरक्षित तथा मर्यादित बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने प्रहरीको अपेक्षा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय