FLASH NEWS
नेपाल प्रिमियर लिग: पाेखराले काठमाडौंलाई हरायाे । सिड्नीमा छठ पर्वको उत्सव, क्यानबेरामा पूजा स्थल नपाउँदा घरबाटै आराधना । मुगु दुर्घटनाका मृतक र घाइते पहिचान खुल्यो । लेखक तथा पत्रकार कृष्ण अधिकारीको ‘कर्मवाद : चिन्तन र अभ्यास’ विमोचन । अन्तरिक्षमा परमाणु चिस्याउने प्रविधिमा चीनको विश्व कीर्तिमान । छठ पर्वले हिमाल, पहाड र तराईलाई भावनात्मक रूपमा जोडेको छ : सभामुख अर्याल । काठमाडौंबाट रारा जादै गरेको गाडी मुगुमा दुर्घटना, तीन जनाको मृत्यु, दुई गम्भीर घाइते । कांग्रेस सभापति थापाद्वारा दुर्घटनापीडित परिवारसँग भेटघाट, छोराको पढाइको जिम्मेवारी लिने आश्वासन । मुक्तिनाथधामको रथयात्रा दाङ आइपुग्यो, विभिन्न धार्मिक स्थलमा दर्शन । छठघाटमा महँगा सुनका गहना लगाएर नआउन पर्सा प्रहरीको आग्रह । छठपर्वको अवसरमा नेपाली सेनाद्धारा सलामी अपर्ण । अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै रवि लामिछाने दम्पती ।

२९ कातिक, दाङ । मुक्तिनाथ मन्दिर पुग्न नसक्ने भक्तजनलाई लक्षित गरी सुरु गरिएको मुक्तिनाथधामको रथयात्रा आइतबार दाङ आइपुगेको छ । कार्तिक ७ गते मुक्तिनाथबाट सुरु भएको रथयात्रा देशका विभिन्न स्थान हुँदै दाङ आइपुगेको हो ।

दाङस्थित अम्बिकेश्वरी मन्दीरमा पुर्‍याइएको सो रथलाई मन्दिर परिषर भित्र केहीबेर राखेर पुजाआजाको अबसर उपलब्ध गराइएको थियो ।

अम्बिकेश्वरी मन्दीर नजिकको महदेवा गाउँका सबै घरहरुको अगाडी कलस राखेर रथको स्वागत गरिएको थियो । अम्बिेकेश्वरी मन्दिरपछि सो रथ दाङको अर्को धार्मिक स्थलका रुपमा रहेको पाण्डबेश्वर महादेवको मन्दिर धारापानीमा पुर्‍याइएको थियो ।

आइतबार बिहार सो रथलाई तुलसीपुरमा दर्शनका लागि केहीबेर राखिएको थियो । रथयात्रालाई भोली त्रीबेणीस्थीत गजेन्द्रमोक्ष धाममा पुर्‍याइने जानकारी अम्बिेकश्वरी मन्दिर संरक्षण तथा प्रबद्र्धन समितिका सहसचिव प्रदीप वेलबासेले दिए ।

गजेन्द्र मोक्षनाथमा धाममा एक महिनासम्म नाराणण भगवानलाई साखेर महायज्ञ संचालन गरिने छ । जाडो याममा भगवान नारायणलाई चिसोबाटो जोगाउन भन्दै नवलपरासीको त्रिबेणीस्थीत गजेन्द्र मोक्षधाममा ल्याउने चलन रहेको समेत बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय