FLASH NEWS
नेपाल प्रिमियर लिग: पाेखराले काठमाडौंलाई हरायाे । सिड्नीमा छठ पर्वको उत्सव, क्यानबेरामा पूजा स्थल नपाउँदा घरबाटै आराधना । मुगु दुर्घटनाका मृतक र घाइते पहिचान खुल्यो । लेखक तथा पत्रकार कृष्ण अधिकारीको ‘कर्मवाद : चिन्तन र अभ्यास’ विमोचन । अन्तरिक्षमा परमाणु चिस्याउने प्रविधिमा चीनको विश्व कीर्तिमान । छठ पर्वले हिमाल, पहाड र तराईलाई भावनात्मक रूपमा जोडेको छ : सभामुख अर्याल । काठमाडौंबाट रारा जादै गरेको गाडी मुगुमा दुर्घटना, तीन जनाको मृत्यु, दुई गम्भीर घाइते । कांग्रेस सभापति थापाद्वारा दुर्घटनापीडित परिवारसँग भेटघाट, छोराको पढाइको जिम्मेवारी लिने आश्वासन । मुक्तिनाथधामको रथयात्रा दाङ आइपुग्यो, विभिन्न धार्मिक स्थलमा दर्शन । छठघाटमा महँगा सुनका गहना लगाएर नआउन पर्सा प्रहरीको आग्रह । छठपर्वको अवसरमा नेपाली सेनाद्धारा सलामी अपर्ण । अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै रवि लामिछाने दम्पती ।

२९ कातिक, सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही क्षेत्र नम्बर ४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका छन् । छठ पर्वको अवसरमा उनले स्थानीयवासीसँग भेटघाट तथा शुभकामना आदानप्रदानसमेत छठ पर्वमा सहभागी हुने क्रममा सभापति थापा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर पुगेर हालै भएको सवारी दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्य तथा पीडित आफन्तसँग भेटघाट गरेका हुन् ।

छठ पर्व मनाउन काठमाडौंबाट सर्लाही आउँदै गरेको ईभी गाडी भिमफेदीको चिसापानी गढी क्षेत्रमा दुर्घटनामा परेका थिए । उक्त दुःखद दुर्घटनामा एकै परिवारका छ जनासहित सुन्दरपुरका १३ जना र चालकसमेत गरी कुल १४ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा एकै परिवारका छ जना सदस्य गुमाएका अवधेश यादवसँग सभापति थापाले भेटघाट गरी परिवारको अवस्थाबारे जानकारी लिएका थिए । सो क्रममा उनले परिवारमा बाँकी रहेका एकमात्र जीवित छोराको शिक्षादीक्षामा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै कक्षा १० सम्मको अध्ययन गराउने आश्वासन दिएका छन् ।

दुर्घटनाबाट प्रभावित परिवारसँग भेट गर्दै सभापति थापाले दुःखको यस घडीमा परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय