FLASH NEWS
नेपाल प्रिमियर लिग: पाेखराले काठमाडौंलाई हरायाे । सिड्नीमा छठ पर्वको उत्सव, क्यानबेरामा पूजा स्थल नपाउँदा घरबाटै आराधना । मुगु दुर्घटनाका मृतक र घाइते पहिचान खुल्यो । लेखक तथा पत्रकार कृष्ण अधिकारीको ‘कर्मवाद : चिन्तन र अभ्यास’ विमोचन । अन्तरिक्षमा परमाणु चिस्याउने प्रविधिमा चीनको विश्व कीर्तिमान । छठ पर्वले हिमाल, पहाड र तराईलाई भावनात्मक रूपमा जोडेको छ : सभामुख अर्याल । काठमाडौंबाट रारा जादै गरेको गाडी मुगुमा दुर्घटना, तीन जनाको मृत्यु, दुई गम्भीर घाइते । कांग्रेस सभापति थापाद्वारा दुर्घटनापीडित परिवारसँग भेटघाट, छोराको पढाइको जिम्मेवारी लिने आश्वासन । मुक्तिनाथधामको रथयात्रा दाङ आइपुग्यो, विभिन्न धार्मिक स्थलमा दर्शन । छठघाटमा महँगा सुनका गहना लगाएर नआउन पर्सा प्रहरीको आग्रह । छठपर्वको अवसरमा नेपाली सेनाद्धारा सलामी अपर्ण । अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै रवि लामिछाने दम्पती ।

२९ कातिक, वीरगञ्ज । सभामुख डोलप्रसाद (डीपी) अर्यालले छठपर्वको संस्कृतिलाई निरन्तर जोगाउदै यो संस्कृति सभ्यातालाई संसार भरि पुर्याउनु पर्ने धारण व्यक्त गरेका छन् । वीरगञ्जको घडिअर्वामा छठ पूजा गर्दै उनले यस्तो धारण व्यक्त गरेका हुन् ।

उनले छठ पर्व जस्ता पर्वले हिमाल, पहाड, तराईका संस्कृति सभ्याताले नेपाली समाजलाई भावनात्मकरुपमा जोडेको बताउँदै उनले भने, ‘धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई मजबुत बनाउनु पर्दछ ।’

उनले हिमाल, पहाड र तराईमा विद्यमान विभिन्न जातजाति, भाषा, धर्म तथा संस्कृतिले नेपाली समाजलाई एकताको सूत्रमा बाँध्न महत्वपूर्ण भूमिका खेलेको बताए । विशेषगरी छठ पर्वले आपसी विश्वास, सहिष्णुता र सामाजिक भावनालाई थप सुदृढ बनाएको उनको भनाइ छ ।

छठ पर्वका अवसरमा व्रतालुहरूले ३६ घण्टासम्म अन्न तथा जल ग्रहण नगरी कठोर व्रत बसेर सूर्यदेव र छठी माताको आराधना गर्ने परम्परालाई उनले नेपाली संस्कृतिप्रतिको गहिरो आस्था र समर्पणको उदाहरणका रूपमा लिएको बताए ।

यस्तो कठिन धार्मिक अनुष्ठानमार्फत आफ्नो मौलिक संस्कृति र परम्परालाई पुस्तान्तरण गर्दै संरक्षण गर्ने समुदायको प्रयास प्रशंसनीय रहेको उनले उल्लेख गरे ।

उनले विशेषगरी मधेस प्रदेशका दाजुभाइ तथा दिदीबहिनीहरूलाई हृदयदेखि नै छठ पर्वको शुभकामना व्यक्त गर्दै यस पर्वले मधेसबाट सुरु हुने सांस्कृतिक सद्भावको सन्देश देशभर फैलाउनु पर्ने धारणा राखे । वीरगञ्जको घडिअर्वा पुगेका सभामुख अर्यालसँगै रास्वपाका पर्सा जिल्ला सभापति तथा प्रतिनिधि सभा सांसद हरि प्रसाद पन्त, पर्सा क्षेत्र नम्बर २ का सांसद शुसिल साहकानु लगायत बारा पर्साका सुरक्षा प्रमुखहरुको उपस्थीती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय