FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२० असोज, काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त)का सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित राजदूतको सुनुवाइ प्रभावकारी बनाउन समितिका सदस्यलाई पर्याप्त अध्ययनको समय दिनुपर्ने बताएका छन् ।

मंगलबार बसेको समितिको बैठकमा उनले उम्मेदवारको बायोडाटा, विगतको कार्यसम्पादन, सम्बन्धित मुलुकको अवस्था र त्यहाँ नेपालको प्राथमिकताबारे अध्ययन गरेपछि मात्र प्रभावकारी प्रश्न गर्न सकिने बताए । उनका अनुसार सुनुवाइमा प्रश्न गर्ने सांसद र जवाफ दिने उम्मेदवार दुवैको तयारी समान रूपमा प्रभावकारी हुन आवश्यक छ ।

‘हामीले अध्ययन नगरी त्यो लेभलको प्रश्न डिजाइन गर्न सक्दैनौं । त्यसकारण हामीलाई अध्ययन गर्ने समय चाहिन्छ,’ उनले भने, ‘दुई–तीन दिन नभईकन हामीलाई पनि गाह्रो हुन्छ ।’

श्रेष्ठले विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतको सुनुवाइमा एउटै ढाँचाका प्रश्नभन्दा देशको अवस्था र नेपालको सम्बन्धका आधारमा फरक विषय उठाउनुपर्ने बताए । भारत, इजरायल र मलेसियालगायत मुलुकका लागि प्रस्तावित राजदूतको जिम्मेवारी र चुनौती फरक हुने भएकाले उम्मेदवारको योग्यता तथा अनुभव सम्बन्धित मुलुकका लागि कत्तिको उपयुक्त छ भन्ने विषयसमेत मूल्यांकन गर्नुपर्ने उनको भनाइ छ ।

उनले सांसदले आफूलाई मन लागेको प्रश्न सोध्नेभन्दा उम्मेदवारको पृष्ठभूमि, सम्बन्धित मुलुकको राजनीतिक तथा आर्थिक अवस्था र राजदूतको जिम्मेवारीलाई आधार बनाएर प्रश्न तयार गर्नुपर्ने बताए ।

संसदीय सुनुवाइलाई औपचारिकता पूरा गर्ने प्रक्रियाका रूपमा मात्र अघि बढाउन नहुने उनको भनाइ थियो । सुनुवाइको मर्यादा कायम राख्दै प्रक्रियालाई थप रचनात्मक र सिर्जनात्मक बनाउनुपर्ने उनले बताए ।

समितिमा परेका उजुरीको अध्ययनमा पनि पर्याप्त समय दिनुपर्ने श्रेष्ठले बताए । उनका अनुसार केही उजुरी सामान्य प्रकृतिका र पर्याप्त प्रमाणबिनाका देखिए पनि केही विषय भने थप अध्ययन तथा छानबिन गर्नुपर्ने प्रकृतिका छन् ।

‘उजुरीका विषयमा पनि हामीले गम्भीर भएर अध्ययन गर्नुपर्छ । सबै उजुरी एउटै प्रकृतिका हुँदैनन्,’ उनले भने । आवश्यक देखिएका उजुरीमा थप अध्ययन तथा छानबिन गरेर मात्र समितिले निष्कर्षमा पुग्नुपर्ने उनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय