FLASH NEWS
गण्डकी प्रदेशस्तरीय ‘पीएम कप महिला’ टी-२० क्रिकेट सुरु । नेपाल प्रिमियर लिग: लुम्बिनी लायन्सविरुद्ध विराटनगर किङ्सको ४ विकेटको जित, प्लेअफ समीकरण पूरा । मधेशले मालिक खोजेको होईन सेवक खोजेको हो : रवि लामिछाने । तास्मानियामा नेपाल महोत्सव, गभर्नर क्यारोलिन वेल्स प्रमुख अतिथि । एनपीएल : विराटनगरद्वारा लुम्बिनीलाई १६७ रनको लक्ष्य । मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा । भिमफेदी दुर्घटनामा ज्यान गुमाएकाहरुको सामुहिक अन्त्येष्टि । गोरखाको धार्चेमा खस्यो ठूलो सुख्खा पहिरो । अस्ट्रेलियामा दुर्व्यसनमा फसेका २२ वर्षीय नेपाली युवाको उद्धार प्रयास । घोप्टेभीरमा यातायात एकतर्फी, गोरखाका दुई सडकखण्ड अवरुद्ध । अमेरिकाका सबै विमानस्थलमा उडान रोक, ७ हजार उडान प्रभावित । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी ।

२८ कात्तिक, काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–१ ठाडोभ¥याङ क्षेत्रमा शनिबार बिहान ठूलो सुख्खा पहिरो खसेको छ । बुढीगण्डकी नदीपारि पर्ने क्षेत्रमा बिहान करिब साढे ८ बजे पहिरो खसेको हो ।

अधिकारीहरुका अनुसार ठाडोभ-याङतर्फ ठूलो पहिरो खसेको छ भने यारुबगरको क्यान्टिलिभर पुल आसपास पनि पहिरो गएको छ । पहिरोले ठूलो क्षेत्र ओगटे पनि मानवीय तथा भौतिक क्षति भएको कुनै विवरण प्राप्त नभएको गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिएका छन् । ‘पहिरो गएको खबर आएको छ, तर अहिलेसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन,’ उनले भने ।

यसअघि गत असोज २५ गते चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङमा ठूलो सुख्खा पहिरो खसेपछि बुढीगण्डकीमा विनाशकारी बाढी आएको थियो । त्यसपछि कात्तिक १७ गते चुमनुब्री–५ मा सेराङ गुम्बा जाने बाटोमा र कात्तिक २० गते चुमनुब्री–१ साम्दो क्षेत्रमा पनि ठूलो सुख्खा पहिरो खसेको थियो ।

साम्दोमा खसेको पहिरोले बुढीगण्डकीको सहायक खोला थुनिएको थियो । गोरखाको उत्तरी क्षेत्रमा पछिल्लो समय लगातार सुख्खा पहिरो खस्न थालेपछि नदी आसपासका बस्ती र पूर्वाधारमा जोखिम बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय