FLASH NEWS
गण्डकी प्रदेशस्तरीय ‘पीएम कप महिला’ टी-२० क्रिकेट सुरु । नेपाल प्रिमियर लिग: लुम्बिनी लायन्सविरुद्ध विराटनगर किङ्सको ४ विकेटको जित, प्लेअफ समीकरण पूरा । मधेशले मालिक खोजेको होईन सेवक खोजेको हो : रवि लामिछाने । तास्मानियामा नेपाल महोत्सव, गभर्नर क्यारोलिन वेल्स प्रमुख अतिथि । एनपीएल : विराटनगरद्वारा लुम्बिनीलाई १६७ रनको लक्ष्य । मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा । भिमफेदी दुर्घटनामा ज्यान गुमाएकाहरुको सामुहिक अन्त्येष्टि । गोरखाको धार्चेमा खस्यो ठूलो सुख्खा पहिरो । अस्ट्रेलियामा दुर्व्यसनमा फसेका २२ वर्षीय नेपाली युवाको उद्धार प्रयास । घोप्टेभीरमा यातायात एकतर्फी, गोरखाका दुई सडकखण्ड अवरुद्ध । अमेरिकाका सबै विमानस्थलमा उडान रोक, ७ हजार उडान प्रभावित । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी ।

२८ कातिक, जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई जनताको अपेक्षाअनुसार काम गर्न निर्देशन दिएका छन् ।

छठ पर्वको अवसरमा जनकपुरधाममा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति लामिछानेले आफ्ना सांसदहरुलाई जनताको मालिक नभई सेवक बनेर काम गर्न निर्देशन दिए । सभापति लामिछाने छठ पर्व मनाउने सन्दर्भमा शनिबार जनकपुर आइपुगेका हुन् ।

उनले सांसदहरुको जीवनशैलीमा परिवर्तन नभई आफ्नो अमूल्य मत दिएका मतदाताहरुको जीवनशैलीमा परिवर्तन आउने गरी काम गर्न पार्टीका सांसदहरुलाई सुझाव दिए । जनताको अपेक्षाअनुसार काम नगरे अर्को चुनावमा यही जनताले तह लगाउन बेर नलगाउने सभापति लामिछानेले बताए ।

सभापति लामिछानेले चुनाव नजिकिएसंगै मधेश प्रदेशमा रास्वपाको टिकटका लागि अग्रीम उम्मेदवारी घोषणा गर्नेहरुको चर्चा हुन थालेकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।

उनले कतिपय स्थानहरुबाट टिकट पक्का गराईदिने भन्दै आर्थिक लेनदेन समेत हुनथालेको भन्ने सुनेको बताए । सभापति लामिछानेले ती सबै टिकटको लोभ गरेर आफ्नो उम्मेदवारी घोषणा गर्नेहरुको सपना साकार नहुने बताए । उनले कसैलाई पनि टिकटको लागि पैसा लेनदेन नगर्न आग्रह गरे । कसैले टिकट दिने नाममा आर्थिक चलखेल गरेको सूचना पाए नजिकको प्रहरी चौकीमा गएर उजुरी दिन साभापति लामिछानेले आग्रह गरे । साथै उनले त्यस्तो जानकारी दिनेसमेतलाई रास्वपाले पुरस्कार दिने उद्घोष गरे ।

सभापति लामिछानेले विभिन्न काल खण्डमा भएका आन्दोलनहरुमा सहादत प्राप्त गरेका सम्पूर्ण सहिदहरुको रास्वपाले सम्मान गर्ने र उनीहरुले खोजेको हक अधिकार रास्वपाले मधेशलाई दिने प्रतिब्द्धता जाहेर गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय