FLASH NEWS
गण्डकी प्रदेशस्तरीय ‘पीएम कप महिला’ टी-२० क्रिकेट सुरु । नेपाल प्रिमियर लिग: लुम्बिनी लायन्सविरुद्ध विराटनगर किङ्सको ४ विकेटको जित, प्लेअफ समीकरण पूरा । मधेशले मालिक खोजेको होईन सेवक खोजेको हो : रवि लामिछाने । तास्मानियामा नेपाल महोत्सव, गभर्नर क्यारोलिन वेल्स प्रमुख अतिथि । एनपीएल : विराटनगरद्वारा लुम्बिनीलाई १६७ रनको लक्ष्य । मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा । भिमफेदी दुर्घटनामा ज्यान गुमाएकाहरुको सामुहिक अन्त्येष्टि । गोरखाको धार्चेमा खस्यो ठूलो सुख्खा पहिरो । अस्ट्रेलियामा दुर्व्यसनमा फसेका २२ वर्षीय नेपाली युवाको उद्धार प्रयास । घोप्टेभीरमा यातायात एकतर्फी, गोरखाका दुई सडकखण्ड अवरुद्ध । अमेरिकाका सबै विमानस्थलमा उडान रोक, ७ हजार उडान प्रभावित । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी ।

२८ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदीमा भएको दर्दनाक दुर्घटनामा ज्यान गुमाएका सर्लाहीका १३ जनामध्ये १२ जनाको सामुहिक अन्त्येष्टिका गरिएको छ। उनीहरूको सुन्दरपुरस्थित लखनदेही खोलामा सामूहिक दाहसंस्कार गरिएको हो ।

मृतक १३ जनामध्ये सुन्दरपुरका १२ जनाको शव गाउँमा ल्याएर दाहसंस्कारगरिएको छ भने सुन्दरपुरकै एक जना बासिन्दा, जो हाल सदरमुकाम मलङ्गवाको वडा नम्बर ४ मा बसोबास गर्दै आएका थिए, उनको शव भने मलङ्गवा–४ मै लगिएको जनाइएको छ। उनको अन्त्येष्टि पनि मलङ्गवामै गरिएको छ।

मृतकहरूको शव सुन्दरपुर ल्याइएसँगै रातिको समयमा पनि श्रद्धाञ्जली अर्पण गर्न स्थानीय तथा सर्वसाधारणको ठूलो भीड लागेको थियोे । आफन्तजन, स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थितिले सुन्दरपुर शोकमग्न बनेको थियो।

आफ्ना गर्भवती श्रीमतीसहित ६ जनाको एक्लै अवधेश यादवले दागबत्ती दिनुभएको छ । दाहसंस्कारमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको समेत सहभागीता रहेको थियो । साथै दाहसंस्कारमा समेत सुरक्षाकर्मीले सघाएको थियौ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय