FLASH NEWS
गण्डकी प्रदेशस्तरीय ‘पीएम कप महिला’ टी-२० क्रिकेट सुरु । नेपाल प्रिमियर लिग: लुम्बिनी लायन्सविरुद्ध विराटनगर किङ्सको ४ विकेटको जित, प्लेअफ समीकरण पूरा । मधेशले मालिक खोजेको होईन सेवक खोजेको हो : रवि लामिछाने । तास्मानियामा नेपाल महोत्सव, गभर्नर क्यारोलिन वेल्स प्रमुख अतिथि । एनपीएल : विराटनगरद्वारा लुम्बिनीलाई १६७ रनको लक्ष्य । मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा । भिमफेदी दुर्घटनामा ज्यान गुमाएकाहरुको सामुहिक अन्त्येष्टि । गोरखाको धार्चेमा खस्यो ठूलो सुख्खा पहिरो । अस्ट्रेलियामा दुर्व्यसनमा फसेका २२ वर्षीय नेपाली युवाको उद्धार प्रयास । घोप्टेभीरमा यातायात एकतर्फी, गोरखाका दुई सडकखण्ड अवरुद्ध । अमेरिकाका सबै विमानस्थलमा उडान रोक, ७ हजार उडान प्रभावित । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी ।

२८ कात्तिक, वीरगञ्ज । सत्ता गठबन्धनका दुई दल एमाले र नेपाली कम्युनिस्ट पार्टीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन्।

प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्ने सम्भावना कमजोर बनेपछि मुख्यमन्त्री यादवले शनिबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन्।

नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। त्यसपछि नेपाली कम्युनिस्ट पार्टीका चार मन्त्रीले पनि कात्तिक २० गते पदबाट राजीनामा दिएका थिए।

१०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक हुन्छ। प्रदेशसभामा कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्। यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक एक सांसद रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय