FLASH NEWS
गण्डकी प्रदेशस्तरीय ‘पीएम कप महिला’ टी-२० क्रिकेट सुरु । नेपाल प्रिमियर लिग: लुम्बिनी लायन्सविरुद्ध विराटनगर किङ्सको ४ विकेटको जित, प्लेअफ समीकरण पूरा । मधेशले मालिक खोजेको होईन सेवक खोजेको हो : रवि लामिछाने । तास्मानियामा नेपाल महोत्सव, गभर्नर क्यारोलिन वेल्स प्रमुख अतिथि । एनपीएल : विराटनगरद्वारा लुम्बिनीलाई १६७ रनको लक्ष्य । मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा । भिमफेदी दुर्घटनामा ज्यान गुमाएकाहरुको सामुहिक अन्त्येष्टि । गोरखाको धार्चेमा खस्यो ठूलो सुख्खा पहिरो । अस्ट्रेलियामा दुर्व्यसनमा फसेका २२ वर्षीय नेपाली युवाको उद्धार प्रयास । घोप्टेभीरमा यातायात एकतर्फी, गोरखाका दुई सडकखण्ड अवरुद्ध । अमेरिकाका सबै विमानस्थलमा उडान रोक, ७ हजार उडान प्रभावित । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी ।

२८ कात्तिक, काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध विराटनगर किङ्सले ४ विकेटको जित निकालेको छ । आज विराटनगरले दिएको १६६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.५ ओभरमा छ विकेट गुमाएर भेट्टायो ।

उसका लागि डार्सी सर्ट र आसिफ शेखले समान ४५/५, अलि शेखले २७ र सन्दीप जोराले अविजित २५ रन बनाए । विराटनगरका लागि बलिङतर्फ अपराजित पौडेलले २ तथा रुपेश सिंह र चरिथ अशलङ्काले समान १/१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६६ रन बनायो । उसका लागि चरिथा अशलङ्काले अर्धशतकीय इनिङ खेले ।

उनले ४३ बलमा छ छक्का र एक चौकाको मद्दतमा ६४ रनको इनिङ खेलेका हुन् । यस्तै, शुभम रञ्जनेले अविजित ३१, इमरान शेखले २९ र लोकेश बमले १५ रन जोडे ।

लुम्बिनी लायन्सका बलिङतर्फ किशोर महतोले २, रुबेन ट्रम्पलम्यान र अभिशेष गौतमले १–१ विकेट लिए । लुम्बिनीको यो जितपछि विराटनगरको प्लेअफ सम्भावना समाप्त भएको छ ।

विराटनगर पराजित भएसँगै प्लेअफ समीकरण पनि पूरा भएको छ । यसपटक लुम्बिनीका साथै सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान बनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय