FLASH NEWS
गण्डकी प्रदेशस्तरीय ‘पीएम कप महिला’ टी-२० क्रिकेट सुरु । नेपाल प्रिमियर लिग: लुम्बिनी लायन्सविरुद्ध विराटनगर किङ्सको ४ विकेटको जित, प्लेअफ समीकरण पूरा । मधेशले मालिक खोजेको होईन सेवक खोजेको हो : रवि लामिछाने । तास्मानियामा नेपाल महोत्सव, गभर्नर क्यारोलिन वेल्स प्रमुख अतिथि । एनपीएल : विराटनगरद्वारा लुम्बिनीलाई १६७ रनको लक्ष्य । मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा । भिमफेदी दुर्घटनामा ज्यान गुमाएकाहरुको सामुहिक अन्त्येष्टि । गोरखाको धार्चेमा खस्यो ठूलो सुख्खा पहिरो । अस्ट्रेलियामा दुर्व्यसनमा फसेका २२ वर्षीय नेपाली युवाको उद्धार प्रयास । घोप्टेभीरमा यातायात एकतर्फी, गोरखाका दुई सडकखण्ड अवरुद्ध । अमेरिकाका सबै विमानस्थलमा उडान रोक, ७ हजार उडान प्रभावित । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी ।

२८ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल छठ पर्व मनाउन शनिबार पर्सा जाने भएका छन् । सभामुख अर्यालले वीरगञ्जस्थित घडिअर्वा पोखरीलगायत विभिन्न छठघाटको अवलोकन तथा दर्शन गर्नुका साथै छठ पूजामा सहभागी हुने कार्यक्रम रहेको छ । यस क्रममा उनले मकवानपुर, बारा र पर्साका सर्वसाधारण नागरिकसँग भेटघाट तथा अन्तरक्रियासमेत गर्नेछन् ।

सभामुख अर्याल गत वर्ष पनि छठ पर्वका अवसरमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत रोहिणी र ओमसतिया गाउँपालिकाका विभिन्न छठघाट पुगेका थिए । त्यस अवसरमा उनले छठी मइयाको पूजा–आराधना गर्दै अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरेका थिए । साथै, श्रद्धालु भक्तजन तथा स्थानीय नागरिकसँग पर्वको खुसी साटासाट गरेका थिए ।

छठ पर्वले धार्मिक आस्था, सामाजिक सद्भाव, पारिवारिक एकता र सांस्कृतिक परम्परालाई थप सुदृढ बनाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय